Skip to main content

धरानकाे सदन स्कुल शिक्षा, प्रविधि र पूर्वाधारमा अब्बल

 धरानकाे सदन स्कुल शिक्षा, प्रविधि र पूर्वाधारमा अब्बल

alt
धरानका धेरै नामचलेका सामुदायिक विद्यालयहरु प्रविधिको प्रयोग तर्फ लम्कदै गर्दा धरानको श्री शिक्षासदन माध्यमिक विद्यालयमा भइरहेको प्रविधिको प्रयोग धरानका निजी तथा सामुदायिक विद्यालयका लागी उदाहरणीय रहेको पाइएको छ । 
आधुनिकता तर्फ अग्रसर समाजले खोजेको आधुनीक शिक्षण पद्धती र शिक्षामा प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै विद्यालयले  कक्षा शिशुका विद्यार्थीका लागी होस् वा विद्यालयका शिक्षक शिक्षिकाका लागी प्रविधिको प्रयोग लोभलाग्दो रहेको छ ।

unnamed (6)


प्रविधि मात्र हैन भौतिक संरचना, स्रोत साधन, अध्ययन अध्यापनले पनि धरानका नाम चलेका धेरै निजि विद्यालयहरुलाई पनि पछी पार्दै गुणस्तरीय, आधुनिक र प्रविधि मैत्री शिक्षाका लागी निजि विद्यालय भन्नेहरुलाई भ्रम सावित गरिदिएको छ ।

सदन स्कुलमा रहेका  नयाँ, अपडेटेड प्रविधि र तिनको  उचित प्रयोगले  प्रविधि मैत्री मात्र हैन विद्यालयले विद्यार्थीहरुलाई प्रविधिमा अपग्रेड कसरी गराउन सकिन्छ भन्ने पनि सिकाउने सह–प्रधानाध्यापक अशोक पोखरेल बताउछन् ।

आम संञ्चारको एक पाटो इन्टरनेटको प्रयोगले शैक्षिक गतीविधिमा के ? र  कस्ता ? परिर्वतन ल्याउन सकिन्छ भन्नेवारेमा धेरै विद्यालयले सदन स्कुलसंग परामर्श लिने गरेका पोखरेल बताउछन् ।

शिक्षामा सदन  

२०१२ सालमा स्थापित विद्यालय स्थापना कालदेखी नै धरानमा शिक्षामा अव्वल रहदै आएको छ । प्रविधिको विकास संगै बदलीदो समाज र त्यो समाजले माग गरेको आजको आधुनिक शिक्षा मध्यनजर गर्दै विद्यालयले धेरै अघि बाटै अग्रेजी माध्यमबाट पठनपाठन गराउदै आइरहेको छ । हाल कक्षा  शिशु देखी ८ सम्म अग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउदै आएको सदन स्कुलमा कक्षा ६, ७ र ८ मा नेपाल सरकारको शैक्षिक कार्यक्रम अनुसार अनिवार्य कम्प्युटर विषयको सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षण गराउँदै आइएको छ ।

unnamed (5)


विद्यार्थीहरुलाई सानै उमेरदेखि प्रविधिसंग परिचित गराउने उद्देश्यले कक्षा ४ र ५ का विद्यार्थीहरुका लागि समेत विद्यालयको शैक्षिक कार्यक्रम र स्रोतमा गत वर्ष २०७७ देखि नै अनिवार्य कम्प्युटर विषयको सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षण हुने गरेको छ ।

कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्र तर्फ अध्ययन अध्यापन गराउँदै आएको सदन स्कुलमा प्रत्येक निर्वाचन क्षेत्रमा एक सामुदायिक विद्यालयलाई विज्ञान सङ्काय संञ्चालन गर्न दिइने सरकारको योजना अनुरुप ११ र १२ मा विज्ञान विषय संञ्चालन भइरहेको छ ।

रुटिन कक्षा संञ्चालन गरेर मात्र उच्चतम नतिजा ल्यान नसकिने भन्दै सदन स्कुलले आफ्ना विद्यार्थीका लागी अतिरिक्त तयारी कक्षाहरु संञ्चालन गर्ने गरेको सह–प्रधानाध्यापक पोखरेल बताउछन ।

कक्ष ११ र १२ का विद्यार्थीहरुका लागि आधारभुत कम्प्युटर सिप प्रदान गर्दै आएको स्कुलले कक्षा १० का विद्यार्थीहरुका लागी एसईई परीक्षालाई लक्षित गरी बेलुका ४ बजे देखी साढे ७ बजे सम्म निःशुल्क  थप तयारी कक्षा संञ्चालन गर्दै आएको पाखरेलले बताए । उनी भन्छन् ‘ हाम्रो स्कुलले एसईई र कक्षा ११ र १२ मा निरन्तर उत्कृष्ट नतिजा ल्याएको छ । २०७५ सालमा धरान क्षेत्रका सामुदायिक विद्यालयहरुमा एक मात्र ए प्लस ग्रेडसहित सर्वोत्कृष्ट नतिजा ल्याउने अर्जना खाती हाम्री विद्यार्थी हुन् ।’

प्रविधिमा सदन

कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले गरेको लकडानमा अनलाइन कक्षा संञ्चालन गर्नका लागि पूर्वाधार सम्पन्न भएकै कारण अन्य विद्यालयका शिक्षक शिक्षिकाहरुलाई समेत सदन कम्प्युटर ल्याव प्रयोग गरी अनलनइन कक्षा संञ्चालनका लागी तालिम प्रदान गरेको थियो । 

धरान क्षेत्रका अन्य विद्यालयलाई शिक्षालाई कसरी प्रविधि मैत्री बनाउने भन्ने विषयमा प्राविधिक सल्लाह दिने गरिएको पोखरेल बताउँछन । 

unnamed (12)


उनी भन्छन् ‘हामीसंग प्रविधि छ भन्ने विश्वास कै कारण सामाजिक विकास मन्त्रालय, प्रदेश नं. १ तथा धरान उपमहानगरपालिकाको लागत साझेदारीमा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुका लागि सञ्चालित शिक्षकहरुको अनलाइन क्षमता अभिवृद्धि तालिमको हव विद्यालयको     रुपमा हाम्रो विद्यालयले भूमिका खेल्ने अवसर थियो ।’

सदन स्कुलमा ६० भन्दा वढी कम्प्युटरसहितको दुई वटा आइसिटी ल्याव (कम्प्युटर ल्याव) छन् । कक्षा ४ र ५ मा समेत कम्प्युटर विषयको शिक्षण हुन थालेपछि गत वर्ष २०७७ सालदेखि नै दोस्रो कम्प्युटर ल्यावको व्यवस्था गरिएको हो ।

जसका कारण एकै घण्टीमा दुई वटा कक्षाका विद्यार्थीलाई  प्रयोगात्मक अभ्यास गराउन सकिने पोखरेल बताउँछन् ।

जस मध्यो ३० वटा कम्प्युटरसहितको एउटा आइसिटी ल्यावमा ३० वटै कम्प्युटरमा इन्टरनेट जडान गर्नुका साथै २४ घण्टा चल्ने गरी पावर व्याकअप रहेको पोखरेलले बताए ।

unnamed (10)


यसका अलावा चारवटा कक्षाकोठाहरु (कक्षा १०/११/१२) मा इन्टरनेटसहितको ६५ इन्चको कूल १४ लाख ४० हजार मुल्य बराबरको इन्टरएक्टिभ फ्लाट प्यानल बोर्ड रहेको छ ।  कम्प्युटर, प्रोजेक्टर तथा स्मार्ट वोर्डको रुपमा काम गर्ने ती वोर्डमा पावर प्वाइन्ट, गुगल, युट्युवलगायत विभिन्न शैक्षिक वेवसाइटहरुको माध्यमबाट विद्यार्थीहरुलाई सहज र सरल तरिकाबाट अध्ययन अध्यापन गराउने गरेको पोखरेल बताउछन् ।

 यति मात्र नभएर कक्षा शिशु देखि ७ सम्म इन्टरनेटसहितको ५५ इन्चको स्मार्ट टिभी जडान गरिएको छ ।

जसबाट विद्यार्थीहरुले शिक्षा मन्त्रालय अन्तरगतका विभिन्न शैक्षिक संस्थाहरुले जारी गरेको आधिकारीक शैक्षिक सामग्री हेर्न र अध्ययन गर्न सक्ने तथा शिक्षकहरुले समेत पावर प्वाइन्टको प्रयोग गरी शिक्षण गर्ने गरेको सदन स्कुलका प्रधानाध्यापक अमरबहादुर बस्नेत बताउछन् ।

उनी भन्छन् ‘कक्षा ८ र ९ मा  मल्टि मिडिया प्रोजेक्टरको प्रयोग गरेर पठनपाठन गरिरहेका छौं । ’

unnamed (11)


विद्यार्थीलाई अध्यापन गर्ने शिक्षकहरु सवयम् पनि प्रविधि मैत्री हुनुपर्छ पर्छ भन्ने आवश्यकतालाई बोध गर्दै विद्यालयकै समन्वयमा सबै शिक्षकहरुलाई  कम्प्युटर तालिम दिएको सदन स्कुलले स्कुलका सबै कक्षा कोठाहरुमा सिसि क्यामेरा जडान गरी सिसिटिभीको माध्यमबाट कक्षामा विद्यार्थीको मात्र नभएर शिक्षकहरुको हाउभाउ र अध्यापन शैलीलाई निगरानी एवम् अनुगमन गर्ने गरेको प्रधानाअध्यापक बस्नेत बताउछन् ।

unnamed (13)


दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण बन्द रहेको भौतिक कक्षा संञ्चालन हुनेगरीको पठनपाठनलाई सदन स्कुलले लकडाउन भएको केही दिनमै अलाइन कक्षा संञ्चालन गरेर पूर्ती गरेको बस्नेतको भनाई छ ।  ५० प्रतिसतका हाराहारीमा विद्यार्थीले अनलाइन कक्षा लिएका छन् । हाल पनि अनलाईन कक्षा संञ्चालनमा रहेको छ । 

unnamed



पूर्वाधारमा सदन

२०७२ सालको विनासकारी भुकम्पले सदन स्कुलको १६ कोठाको मुल भवन ध्वस्त बनाएको थियो । भूकम्प पश्चातका दुई वर्ष विद्यालयका लागि अ

त्यन्त कष्टकर रहेको थियो। बाँसका भाटाले बारिएका टहराहरुमा पठनपाठन सञ्चालन गर्नुपरेका ती दिनहरु सम्झँदा अझै पनि भावुक हुने गरेको सह–प्रधानाध्यापक पोखरेल बताउँछन् ।

  भुकम्पले सिथिल बनाएको विद्यालयमा संघिय सरकार, प्रदेश सरकार, अभिभावक र चन्दादाताहरुको आर्थिक सहयागेबाट भुकम्पपछि दुईवटा भौतिक संरचना तयार भएको छ ।

unnamed (14)


जसमध्ये एउटा भवनमा १० वटा र अर्कोमा १६ वटा कोठा रहेको छ । विद्यालयमा व्यवस्थित आइसिटी ल्याव, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, फिल्टरसहितको शुद्ध पिउने पानी, खेलमैदान, आधुनिक शौचालयहरु, फूलबारी आदि रहेका छन् । यसका साथै ४५० सिट/दर्शक क्षमता भएको विद्यालयको आफ्नै सदन सभा भवन समेत रहेको छ, जहाँ विद्यालयका विभिन्न कार्यक्रमहरु तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन हुन्छन् । 

unnamed (19)


पठनपाठनका लागी फिजिक्स, क्यामेस्ट्री र वायोलोजीका लागी अलग–अलग कक्षा तथा प्रोजेक्टर यूक्त सेमिनार रुम सहितको व्यवस्थित विज्ञान प्रयोगशाला रहेको प्रधानाध्यापक बस्नेत बताउँछन ।

बस्नेत भन्छन् ‘विद्यालयमा पर्याप्त पाठ्यपुस्तक र सन्दर्भ सामग्रीसहितको व्यवस्थित पुस्तकालय हुदाँहुदै पनि हामीले विद्यार्थीको परिर्वतित अध्ययन शैलीलाई मध्यनजर गर्दै इ–लाइब्रेरी पनि संञ्चालन गरेका छौं ।’ उनी अगाडि भन्छन् ‘ विद्यार्थी मात्र हैन शिक्षक पनि अपटुडेट हुनु पर्छ भन्ने हाम्रो मान्यता हो ।

त्यसैले शिक्षकहरुको फूर्सदको समय सदुपयोग तथा स्वाध्ययनका लागि इन्टरनेट जडित कम्प्युटरहरुसहितको छुट्टै शिक्षक अध्ययन कक्षको व्यवस्था गरिएकोछ ।’

अतिरिक्त क्रियाकलापमा सदन

विद्यार्थीहरुको सर्वाङ्गीण शारीरिक तथा मानसिक विकासका लागि विद्यालयले विभिन्न खेलकूद तथा अतिरिक्र क्रियाकलाप सञ्चालन गर्दै आएको छ । पोखरेल भन्छन् ‘ हामीले साप्ताहिक अतिरिक्त क्रियाकलाप तथा खेलकूद सप्ताहसहितको विद्यालयको आफ्नै वार्षिक शैक्षिक क्यालेन्डर प्रकाशित गरेर यस्ता क्रियाकलापहरु नियमित रुपमा सञ्चालन गर्दै आएका छौं ।

unnamed (16)

विद्यार्थीहरुलाई ४ वटा सदन (हाउस) मा विभाजन गरी अन्तर सदन प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ । यस्ता प्रतियोगिताका विजयीहरुलाई विद्यालयको वार्षिकोत्सव तथा अन्य अवसरहरुमा पुरस्कृत गर्ने गरेका छौं ।’

unnamed (18)

यसका अतिरिक्त विद्यालयका विभिन्न कक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट, छात्रा एवम् दलित विद्यार्थीहरुका लागि नेपाल सरकारका तर्फबाट  तथा गरिब/जेहन्दार विद्यार्थीहरुलाई विभिन्न अक्षयकोष मार्फत पुरस्कार एवम् छात्रवृत्ति प्रदान गरिदै आएको प्रधानाध्यापक बस्नेत बताउँछन् ।

unnamed (2)

विद्यार्थीको रोजाई सदन

विगतदेखि नै शैक्षिक गुणस्तरको मानकका रुपमा रहेको यो विद्यालय विद्यार्थी एवम् अभिभावकहरुको रोजाइमा पर्दै आएको छ । भूकम्पपछिको भौतिक पूनर्निर्माण पश्चात नयाँ प्रविधिको प्रयोग गरी पठनपाठन हुन थालेपछि विद्यार्थी आकर्षण झन बढेको तथ्याङ्क देखाउँछन् प्रधानाध्यापक बस्नेत । उनका अनुसार संस्थागत विद्यालय छोडेर यहाँ आउने विद्यार्थीहरुको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । गत वर्ष २०७७ मा मात्र यस विद्यालयमा कक्षा शिशु देखि कक्षा ९ सम्म २८९ जना नयाँ विद्यार्थीहरु भर्ना भएका थिए ।  

unnamed (3)


अविभावकको विश्वास सदन

शिक्षासदन मा.वि. को अर्को एउटा सवल पक्ष भनेको अभिभावकहरुको यस विद्यालयप्रतिको निरन्तरको विश्वास, साथ र सहयोग रहेको कुरा विद्यालयका सह–प्रधानाध्यापक पोखरेल बताउँछन् ।

पोखरेल भन्छन् ‘ हाम्रा अभिभावकज्यूहरुको हामीप्रतिको विश्वास र साथले नै  विद्यालय आजको यस अवस्थामा आइपुग्न सम्भव भएको हो । भूकम्पबाट डगमगाउन लागेको हाम्रो आँटमा प्राण भर्ने काम अभिभावकज्यूहरुबाटै भयो ।'

२०७३ फागुन ५ देखि १२ गतेसम्म विद्यालयमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सवमा अभिभावकज्यूहरुबाट सहयोग प्राप्त सहयोग रकम नै पूनर्निर्माणको लागि आधार  बनेकाे स्मरण गर्दै सह–प्रधानाध्यापक पोखरेल थप्छन् ' अहिले पनि विद्यालयका विभिन्न कार्यक्रमहरुमा अभिभावकज्यूहरुको अति राम्रो उपस्थिति रहने गरेको छ । ’

unnamed (15)


विद्यालयका प्रधाना्ध्यापक बस्नेत भन्छन् ‘ स्कुलको शैक्षिक गुणस्तर एवम् नतिजालाई मध्यनजर गरेर भौतिक निर्माण तथा प्रविधितर्फ संघिय सरकार, प्रदेश सरकार, संसद तथा धरान उपमहानगरपालिकाको उल्लेख्य सहयोग रहेको छ ।’ 

उनी थप्छन्  ‘हाम्रो निरन्तरको शैक्षिक गुणस्तर एवम् नतिजालाई समेत ध्यान दिदै हामीलाई भौतिक निर्माण तथा प्रविधितर्फ नेपाल सरकार, प्रदेश नं. १ सरकार, सांसदज्यू, धरान उपमहानगरपालिका तथा अन्य व्यक्ति, महानुभावहरु र संघसंस्थाहरुबाट उल्लेख्य सहयोग प्राप्त भएको छ । र हामीसंग भएका स्रोत साधनको उच्चतम प्रयाग गरेका छौ र गर्ने छौं । विद्यार्थीको सिकाई उपलब्धी तथा गुणस्तरमा थप वृद्धि गरी सहयोगी सम्पूर्णप्रतिको कृतज्ञता व्यावहारिक रुपमै अभिव्यक्त गर्न प्रतिवद्ध छौं ।’ 


साभार. ब्लाष्ट खबर असार ३, २०७८

Comments

Popular posts from this blog