धरानकाे सदन स्कुल शिक्षा, प्रविधि र पूर्वाधारमा अब्बल
धरानकाे सदन स्कुल शिक्षा, प्रविधि र पूर्वाधारमा अब्बल धरानका धेरै नामचलेका सामुदायिक विद्यालयहरु प्रविधिको प्रयोग तर्फ लम्कदै गर्दा धरानको श्री शिक्षासदन माध्यमिक विद्यालयमा भइरहेको प्रविधिको प्रयोग धरानका निजी तथा सामुदायिक विद्यालयका लागी उदाहरणीय रहेको पाइएको छ । आधुनिकता तर्फ अग्रसर समाजले खोजेको आधुनीक शिक्षण पद्धती र शिक्षामा प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै विद्यालयले कक्षा शिशुका विद्यार्थीका लागी होस् वा विद्यालयका शिक्षक शिक्षिकाका लागी प्रविधिको प्रयोग लोभलाग्दो रहेको छ । प्रविधि मात्र हैन भौतिक संरचना, स्रोत साधन, अध्ययन अध्यापनले पनि धरानका नाम चलेका धेरै निजि विद्यालयहरुलाई पनि पछी पार्दै गुणस्तरीय, आधुनिक र प्रविधि मैत्री शिक्षाका लागी निजि विद्यालय भन्नेहरुलाई भ्रम सावित गरिदिएको छ । सदन स्कुलमा रहेका नयाँ, अपडेटेड प्रविधि र तिनको उचित प्रयोगले प्रविधि मैत्री मात्र हैन विद्यालयले विद्यार्थीहरुलाई प्रविधिमा अपग्रेड कसरी गराउन सकिन्छ भन्ने पनि सिकाउने सह–प्रधानाध्यापक अशोक पोखरेल बताउछन् । आम संञ्चारको एक पाटो इन्टरनेटको प्रयोगले शैक्षिक गतीविधिमा के ? र कस्ता ?